News & Gossip »News & Gossip
Share |
कलेजमै पहिलो डिस्टिङशन
20 April 2008-Sunday
-Achyut Koirala

- Photo by Aabiskar Shrestha

गायक फुर्वा लामा केही समयअघि मद्रासमा डिजिटल फिल्म मेकिङ पढ्न गएका थिए । यो खबर त पहिले नै हामीले तपाइँलाई दिइसकेका छौँ तर उक्त कलेजमा उनले अहिलेसम्मकै धेरै अंक ल्याएको खबर चाहिँ उनले पनि भर्खरै मात्र पाएका छन् ।

"तपाइँले सही सुन्नुभयो", टेलिफोनमा फुर्वाले भने- "कलेजमा ९० प्रतिशत अंक ल्याएर कसैले पनि डिस्टिङ्शन पाएको रहेनछ । कलेजले मलाई यो कुराको खबर गर्दा खुशी लाग्नु स्वाभाविक हो ।"

उनले यो अंक चाहिँ फिल्मको स्क्रिप्ट राइटिङ, निर्देशन, सम्पादन, भिजुअल इफेक्ट्स, क्यामेरा आदि विषयका जाँच दिएर मात्र पाएका भने होइनन् । उनले आकाशैमा उडिजाउँ कि (दोहोरी गीत), हाय रे रातभर... (हिन्दी गीत), प्यासन फर डान्स (इन्स्ट्रुमेन्टल भिडियो), पोथिज नामक सारीको विज्ञापन र पानी बचाऊँ अभियानको विज्ञापनमा उनले आफ्नो उत्कृष्टता पेश गरेका कारण पनि उनले यो अंक पाएको बताइएको छ ।

"अब केही समयपछि कन्भोकेशन झैँ हुने गर्छ, त्यहाँ सहभागी हुन मलाई बोलाइएको छ", गायक फुर्वाले भने- "कलेजको इतिहासमा त्यो पनि एउटा नेपालीले यति धेरै अंक स्कोर गरेकोमा कलेजका प्रोफेशरहरु पनि छक्क परेका छन् ।"

नेपालीको नाक राखेकोमा स्याब्बासी त उनलाई दिनै पर्‍यो ! क्या बात फुर्वा !!

 

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung

Miss Nepal 24th Anniversary Celebration!
 
 
 
 
 
© Copyright 1997 to 2018 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.