मेरो बाइक र बाइकर्स ब्वाइजद्वारा राजधानीमा हालै रक्तदान कार्यक्रम सम्पन्न गरे । तपाइँले भन्नु होला, रक्त संकलन र रक्तदानको समाचार पनि भला कुनै समाचार हो । तर कुरा यतिमा नै सीमित छैन ।
यस्तो कार्य सरकारी तवरमा हुनुपर्नेमा यी युवाहरुको अग्रसरता साँच्चिकै अनुकरणीय र स्याब्बासी लायक छ ।
यी युवाहरुले रगतको अभाव कम गर्न र रगतको आवश्यकता पर्नेहरुलाई नयाँ किसिमको सुविधा उपलब्ध गराउने प्रयास गरेका छन् । त्यो सुविधा पनि अब इन्टरनेटबाट उपलब्ध हुनेछ ।
यिनले नेपालब्लडबैंकडटओआरजी वेबसाइट बनाएका छन् । यसमा तपाइँलाई चाहिने कुन रक्त समूह हो, त्यो कसले तपाइँलाई उपलब्ध गराउन सक्छ देखि आजको दिन कहाँ कहाँ रक्तदान सम्पन्न भयो, त्यहाँ कति जनाले रक्तदान गरे र तिनको ब्लड ग्रुप कुन हो आदिसम्मका सूचनाहरु तपाइँले पाउन सक्नु हुन्छ ।








