News & Gossip »News & Gossip
Share |
बन्ने भो सैनिक
7 May 2008-Wednesday
-Achyut Koirala

दुइ वर्षको लामो राजनीतिक अन्यौलता चिर्दै संविधानसभाको निर्वाचन सम्पन्न भएपछि पछिल्लो समय एक साथ थुप्रै चलचित्र शुरु गर्ने होड भए पनि अघिल्लो वर्ष सबै काम सकिएर नयाँ वर्षा केही गर्ने भावना राखेका निर्माताहरु यसपालि कम्मर कस्ने मूडमा छन् ।

यस्तै मूडमा चलचित्र सैनिकका निर्माता योगेन्द्र श्रेष्ठको रहेको छ । अघिल्लो वर्ष नै सबै गीत रेकर्डिङदेखि फिल्मको पटकथा तयार पारेर बसेका यी द्वन्द्व निर्देशकले पहिलो पटक ठूलो पर्दाको चलचित्र निर्माण गर्ने अन्तिम तयारी गरिरहेका थिए । तर राजनीतिक स्थिति उति सबल नदेखेका यिनले चलचित्र निर्माणलाई स्थगित गरेका थिए ।

यो चलचित्रसँग गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको सपना पनि गाँसिएको छ । किनभने उनीहरुले यस चलचित्रमा पहिलो पटक सङ्गीत दिएका छन् । चलचित्रमा पाँच गीत रहेका छन् ।

यसअघि भिडियो चलचित्र "खेलाडी" बनाएका योगेन्द्र श्रेष्ठले यस पटक उक्त चलचित्रबाट कमाएको पैसा ठूलो पर्दाको यो चलचित्रमा हालेका छन् । अब यस चलचित्रसँग सत्य-स्वरुपसँगै योगेन्द्रको पनि सपना गाँसिएको छ ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung
 
 
 
 
 
© Copyright 1997 to 2018 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.