News & Gossip »News & Gossip
Share |
गायक फुर्वाको फूर्ति
18 August 2008-Monday
-Achyut Koirala

 

गायक फुर्वा शेर्पा गायकबाट भिडियो निर्देशकमा परिणत भएको खबर त तपाइँले पहिले नै पाइसक्नु भएको छ । किनभने उनले यसअघि नै आधा दर्जन भिडियो निर्माण गरिसकेका छन् ।

अब अहिले चाहिँ केही गम्भीर काम गर्ने रहर उनमा पलाएको छ । तराइ आन्दोलनका बेलामा खल्बलिएको राष्ट्रियता, सामाजिक सद्भाव र कटुतालाई कम गराउन रचिएको गीतलाई भिडियो बनाइरहेका छन् । त्यसबेला "हिमाल पहाड तराई" नामक गीति एल्बम सुमीत खड्काले आफ्नै पहलमा सिर्जना गरेका थिए । त्यस एल्बममा देशका चर्चित गीतकारहरुको गीत रहेको थियो । जसमध्ये शंकर खरेलले रचना गरेको गीत "हिमाल पहाड तराई, कोही छैन पराई"लाई अहिले भिडियो बनाएका छन् ।

यस भिडियोलाई उनले किन बनाए त ? "यो गीतले अहिले उठिरहेको विशेषगरी समानुपातिक सहभागिताको कुरालाई उजागर गरेको छ", यस गीतका गायकसमेत रहेका भिडियो निर्देशक फुर्वा शेर्पाले यो पंक्तिकारसित भने- "र, गीतको गाम्भीर्यताकै कारण हुनुपर्छ, १० औँ इमेज अवार्डमा पनि यो गीत राष्ट्रिय भावनातर्फको पुरस्कार हात पार्न सफल भएको थियो ।"

यस गीतमा पनि हिमाल, पहाड र तराईको छनक दिन यसका गायकहरुको पनि उस्तै प्रयोग भएको छ । गायक फुर्वा शेर्पाले हिमालको प्रतिनिधित्व गर्दै गाएका छन् भने सुमीत खड्काले पहाडको र तराईको प्रतिनिधित्व गरेका छन् प्रवलदीप विश्वासले ।

शंकर खरेलको गीतलाई सुमील खड्काले सङ्गीत दिएका छन् भने यस गीतलाई फुर्वा स्वयंले निर्देशन गरेका छन् । भिडियोको छायाँकन सागर प्रधानले गरेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

Merorug Showroom Opening!

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung
 
 
 
 
 
© Copyright 1997 to 2018 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.