News & Gossip »News & Gossip
Share |
टीभीबाट गायनमा
17 September 2008-Wednesday
-Achyut Koirala

 

 

सोनाम पाख्रिन नेपाल टेलिभिजन मेट्रोका डायल द नम्बर कार्यक्रमका लोकप्रिय सञ्चालक हुन् । तर उनको अर्को परिचय तपाइँलाई थाहा नहुन पनि सक्छ- उनी प्रतिभाशाली गायक पनि हुन् ।

उनै प्रतिभाशाली कार्यक्रम सञ्चालकले हालै आफ्नो नयाँ गीति एल्बम बजारमा ल्याउने तयारी गरिरहेका छन् । दुइ वर्षको गतिलो मिहिनेतपछि यो एल्बम बजारमा आउन लागेको उनले बताएका छन् । एल्बमलाई सम्झना अडियो भिडियोले बजारीकरण गर्दैछ । एल्बमको नाउँ चाहिँ खुलाएका छैनन् ।

र, यस एल्बमको "तिमी हौ मेरो..." बोलको गीतलाई अर्का गायक फुर्वा शेर्पाले भिडियो निर्देशन गर्दै छन् । एउटा गायक गाउने र अर्को गायकले भिडियो निर्देशन गर्ने, क्या जोडी छ !

गएको साता यस भिडियोकोको छायाँकन जेम्स स्कूल खुमलटार, ललितपुरमा सम्पन्न भयो । फुर्वाको यो तेस्रो निर्देशकीय प्रतिभा हो ।

अब हेर्नुछ, यसले भर्खरै खुट्टा जमाउन लागेका नयाँ गायक सोनाम र फुर्वालाई फुर्किने गरी सफलता दिलाउँछ कि नाइँ !!

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest events More Events  

CG Lux Kamana Film Awards 2075

CG Lux Kamana Film Awards 2075 - Red Carpet

A Conversation With Prabal Gurung

Miss Nepal 24th Anniversary Celebration!
 
 
 
 
 
© Copyright 1997 to 2018 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team

Photos & all other content of this site cannot be copied/reused without permission.