News & Gossip »News & Gossip
Share |
राईको भिडियोमा राय
19 December 2009-Saturday
-

'साँसोकी जरुरत है जैसे जिन्दगीके लिए, बस एक सनम चाहिए आशिकीके लिए' १९९०मा आएको सिनेमा 'आशिकी'मा कुमार सानुले गाएको यो गीत र सो सिनेमामा गिटार बजाउँदै यो गीतमा एक्टिङ्ग गरेका हिरो राहुल रायले ख्याति बटुलेका थिए । राहुल रायको हेयर स्टाइलको कपी गर्ने त्यतिबेलाका योङ्ग जेनरेसन पनि नगण्य थिए । त्यही राहुल रायलाई २००६को डिसेम्बर १७ मा गायक राजेशपायल र्राईको म्युजिक भिडियोमा एक्टिङ्ग गरिरहेको भेटियो । गोदावरीको बोटानिकल गार्डर्ेेभित्र नेपाली मोडल परीक्षा छेत्रीसँग कुम जोडदै बलिउडका हिरो राहुल राय 'तुवाँलो' गीतमा लिप्सिङ्ग गर्दै थिए । ह्वाइट प्लसका सुरज श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोको सो गीत राजेशपायल र्राईको एल्बम र्'दर्शन नमस्ते'मा छ । एक महिना अगाडी नेपाल आउँदा राहुल र राजेशको भेट भएको रहेछ । त्यही मौकामा राजेशले राहुललाई म्युजिक भिडियोमा खेल्न अफर गरेका रहेछन् । राहुलले राजेशलाई अर्को पटकको भिजिटमा खेल्छु भनेकाले उनले यसपटक नेपाली सिनेमा बनाएर त्यसमा खेल्न लागेको घोषणा गरे लगत्तै राजेश पायलको म्युजिक भिडियो पनि खेल्न भ्याए । यो भिडियो एक महिना भित्र रिलिज गरिने निर्देशक सुरज श्रेष्ठले भनेका छन् ।

 
Click Here To Read Previously Posted Article    Click Here To Read Next Article          

 

  latest articles More Article  
 
Seductive Sports Ground Dress/Gown Sexy Top Conceptual Back Open
 
  latest articles of  
 
 
 
 
© Copyright 1997 to 2009 CyberSansar.com.
All Rights Reserved.

Contact Us
| Our Team