Daily Feature News : Feb 2008
Daily Feature News »
कोमल ओली अध्यक्ष
नेपाल साङ्गीतिक संघको अध्यक्ष कोमल ओली भएकी छिन् । केही समयअघि संघका अध्यक्ष रहेका रुवि जोशीले आफ्नो कार्य व्यस्तता भन्दै अध्यक्ष पदबाट राजीनामा दिएका थिए ।
त्यसलगत्तै, कार्यसमितिको बसेको बैठकले नयाँ निर्वाचन गर्ने निर्ण्र्ाागरेको थियो । जसमा सुकबहादुर सोनाम र रामकृष्ण ढकाल उपाध्यक्ष, राजेन्द्र गुरुङ महासचिव, मिलन मोक्तान सचिव र तारा थापा कोषाध्यक्ष निर्वाचित भएका थिए ।
त्यस्तै सदस्यहरुमा नलिना चित्रकार, बाबुराम दाहाल, चन्द्रकला शाह, खर्क बूढा, प्रमोद उपाध्याय, मनोहरि थापा, मनराज नकर्मी, निता शिवाकोटी चुनिएका छन् ।
नयाँ कार्यसमिति बनेपछि नयाँ योजना के हुने र संघलाई कसरी लैजाने भन्ने विषयमा अझै छलफल गर्न बाँकी रहेको अध्यक्ष ओलीले साइबरसंसारलाई जानकारी गराएकी छिन् । तर अहिले तत्कालै चाहिँ नेपाल सांगीतिक संघमा सदस्यहरुको संख्या बढाउने कामलाई तदारुकताका साथ अघि बढाइने अध्यक्ष ओलीले जानकारी गराएकी छिन् ।
ओली तीन दिनका लागि पर्वत महोत्सवका लागि त्यहाँ पुगेको र त्यहाँबाट फर्किएलगत्तै सांगीतिक संघलाई अघि बढाउने विविध योजना अघि सार्ने जानकारी गराएकी छिन् ।
Daily Feature News » |