Daily Feature News : Feb 2008
Daily Feature News »
नयाँ पुस्ताको गोर्खाली आत्मा
- Achyut Koirala
नयाँ पुस्ता गोर्खाली आत्मालाई कसरी हेर्छ अर्थात् नेपालीपनलाई कस्तो देख्छ- त्यो बुझ्ने भए "जीएक्स सोल"लाई भेट्नुस् । भर्खरै "र्याप फर फ्रिडम" नामबाट बजारमा एल्बम ल्याएका "जीएक्स सोल"का यी दुइ युवाले त्यसो त नयाँ कुरा केही दिएका छैनन्, तर नयाँ शैलीले पस्किएको दाबी चाहिँ गरिछाडेका छन् ।
एल्बममा आठ गीत रहेका छन् र प्रायः मायाप्रेमसँग सम्बन्धित गीत नै बढी रहेका छन् । एल्बमलाई लिजा इन्टरनेशनलले बजारीकरण गरेको छ । यो एल्बमका गीत हिपहप शैलीमा भए पनि नेपालीपन घुसाइएको दाबी गायकद्वयको छ ।
यस एल्बममा प्रमोद निर्वाण, शशि रावल, सुरोज बार्ड, अजय बस्नेत, अमीत डंगोल र बिक्रम जी. लामाले गाउन सघाएका छन् ।
त्यसो त अहिले जमाना भिडियोको हो भन्ने उनीहरुलाई राम्रै जानकारी छ । त्यसैले पनि आफ्नो पहिलो भिडियोको पहिलो प्रदर्शनीसँगै एल्बम रिलिज गएको प्रेम दिवसका दिन गरेका थिए ।
अहिले टेलिभिजनबाट गीत प्रसारण भएपछि आफूहरुले गीतका बारे राम्रो प्रतिक्रिया पाइरहेको उनीहरुले साइबरसंसारलाई जानकारी गराएका छन् ।
वास्तविक नाम विवज गिरी र निमा साङ पुन भए पनि आफूहरुलाई संयुक्त रुपमा जीएक्स सोलका रुपमा चिनाउन रुचाउने यिनले भिडियो पनि साइबरसंसारबाट नै प्रिमियर गराउन चाहेका छन् । उसो भए भिडियो हेर्ने होइन त ?
Daily Feature News »
|