Daily Feature News : Feb 2008
Daily Feature News »
उद्योग बचाउन कलाकार जागे
- Achyut Koirala
- Photo by Aabiskar Shrestha
दिनदिनै खस्किदो संगीत उद्योगका बारेमा जागरण ल्याउन केही कलाकारहरु खुलेर लाग्ने भएका छन् । "यदि यस्तै दिन रहिरहने हो भने हाम्रो त नाम निशाना नै मेटिन्छ", अभियानमा लागेका गायकमध्ये एक दिव्य सुब्बाले साइबरसंसारसँग भने ।
त्यसैले त मार्च १ को दिन पारेर यिनीहरुले काठमाडौँ छिर्ने मुख्य गौँडो नैकापमा साङ्गीतिक कर्न्र्सट गर्ने भएका छन् ।
तर यो कर्न्र्सटलाई अन्य दिनको कर्न्र्सटजस्तो मामुली चाहिँ नठान्नुस्, किनभने यस पटकको कर्न्र्सटमा नयाँ कुरा के छ भने जसले कर्न्र्सटमा भएका कलाकारको नयाँ या पुरानो सिडी ल्याउँछन्, तिनलाई प्रवेश निःशुल्क हुनेछ ।
"जसले यस कर्न्र्सटमा ओरिजनल सीडी लिएर आउँछ, उहाँहरुलाई प्रवेश निःशुल्क हुनेछ", गायक सुब्बाले भने- "किनभने उहाँहरुले नेपाली सङ्गीतको सक्कली प्रति किनेर हामीलाई प्रोत्साहित गरेबापत् हामीले उहाँलाई प्रोत्साहित गर्नुपर्छ भन्ने हामीलाई लागेको छ ।"
यस कर्न्र्सट गर्ने मुख्य सूत्रधारका रुपमा रहेका गायक सुब्बाले भने- "यो हामी कलाकारहरुको एउटा सानो प्रयास हो । यो प्रयासले थोरै मात्र भए पनि हाम्रा श्रोताहरुमा जागरण ल्याउन सक्यो भने त्यो नै हाम्रालागि ठूलो कुरा हुनेछ ।"
कर्न्र्सटमा गायक सुब्बाका अतिरिक्त नरेन लिम्बु (आस्था ब्याण्ड), रवि वज्राचार्य, मिङ्मा शेर्पा, नेप्साइडज, म्याड जोन, किड सोल र रेश्मा सुनुवारले मुख्य रुपमा गाउने छन् । ब्लु एसिड नामक ब्याण्डले वाद्यवादनमा सहयोग गर्ने पनि गायक सुब्बाले जानकारी गराएका छन् ।
Daily Feature News »
|