Music Videos
MP3 Songs
TV Programs
Screensavers
Models Wallpapers
Music Artists Wallpapers
Featured Models
Daily Feature News
Music Artist Profiles
Identify Contest
Music Reviews
Open Up with Arati
Celebrity Dating
UpClose
Candid Talk
Interviews
Feature Stories
Audio Interviews
Photo Gallery
ePromos of Music Albums
Home
Advertisements
 
Upclose
 

Daily Feature News : March 2008

Daily Feature News »

गायक फुर्वा निर्देशक

- Achyut Koirala
- Photo by Aabiskar Shrestha

गीत एक अक्षरको गाएर चर्चामा आएका गायक फुर्वा शेर्पा मद्रासको एक फिल्म इन्स्टिच्यूटमा फिल्म मेकिङ पढिरहेको कुरा तपाइँले थाहा पाइसक्नु भएको छ भने नयाँ खबर सुन्नुस् । उनले फिल्म अध्ययनताका नेपालमै आएर बनाएको म्युजिक भिडियो कलेजमा सर्वोत्कृष्ट भिडियोका रुपमा पुरस्कृत भएको छ ।

गाउँदा गाउँदै निर्देशनतिर रुचि बढेपछि गएको दुइ वर्षअघि उनी मद्रास पुगेका थिए । त्यहाँ उनले एसएइ इन्स्टिच्यूट अफ फिल्म मेकिङबाट फिल्म निर्माण तथा निर्देशनको पढाइ पूरा गरेका थिए ।

अध्ययनकै क्रममा उनी र उनको समूहले "हाय रे" नामक चित्रा सिंह र उस्ताद सुल्तान खानद्वारा स्वरबद्ध हिन्दी गीतलाई छायाँकन गरेका थिए ।

तर त्यसलगत्तै सुमित खड्का र अन्जना गुरुङद्वारा स्वरबद्ध लोकभाकालाई उनले छायाँकन गरेका थिए । उक्त गीतलाई कलेजले बेस्ट प्रोजेक्ट र बेस्ट डाइरेक्शन गरी दुइ विधामा पुरस्कृत गरेको गायक फुर्वाले साइबरसंसारलाई जनाएका छन् ।

 

Daily Feature News »

© Copyright 1997-2006 CyberSansar.com All Rights Reserved.
The articles, photos, songs, videos and epromos may not be reproduced in any form without permission.
Website developed, maintained and promoted by: Dreams & Ideas

CyberSansar.com is a product of Internet Media Pvt. Ltd. (a joint venture of Dreams & Ideas & WorldLink)